आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘सवारी साधनको जाँचपास लेनदेनका आधारमा’

बिहीबार, २३ असार २०७९, १६ : १०
बिहीबार, २३ असार २०७९

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँच पासमा कडाइ गर्नुपर्ने बताएकी छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँच पासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको भन्दै आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको आरोप लगाइन् ।

उनले बिग्रिएका सवारी साधन गुडाउँदा अधिकांश दुर्घटना हुने गरेको पनि बताइन् । जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले कडाइ गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक सवारी साधनहरुले यात्रुलाई खुजुरा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप