शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसएसपी बोहराले सम्हाले काठमाडौंको कमाण्ड

बिहीबार, २३ असार २०७९, १५ : १५
बिहीबार, २३ असार २०७९

प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले बुधवार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।

कार्यभार सम्हाले​सँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख गर्दै बोहराले भने,‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी  दिनेहरुलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।’

बोहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखाबाट काठमाडौंमा सरुवा भएका हुन् । प्रहरी उपरिक्षक हुँदा उनले केन्द्रीय प्रहरी विशेष कार्यदल र एसएसपी हुँदा संघीय प्रहरी इकाइ कार्यालय पोखरामा काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप