आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने

बिहीबार, २३ असार २०७९, १४ : ५६
बिहीबार, २३ असार २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितिमा कार्यविभाजन गरिएको हो ।

जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । यस्तै, राज्यमन्त्रीले मन्त्रालय अन्तर्गतका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्न पाउने भएका छन् ।

विशिष्टिकृत अस्पतालहरूको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ । विशिष्टिकृत अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धि विस्तृत योजना तर्जुमा र आवश्यक समन्वय तथा कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप