मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध लड्ने र नलड्नेमा अन्तरविरोध देखियो : प्रचण्ड

बिहीबार, २३ असार २०७९, १३ : ३२
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध लड्ने र नलड्ने बीचमा अन्तरविरोध देखिएको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले जनयुद्ध लड्ने नलड्नेमा विभेद गर्न नहुने बताएका हुन् । ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन् । जनयुद्ध नलड्नेहरु पितल होइनन् । जनयुद्ध लड्नेहरुचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्नेचाहिँ अहंकारी छन् भन्नेहरु छन् । जनयुद्ध नलड्नेहरु हामी पो वैचारिक भन्नेहरु छन् ।’

जनयुद्ध लड्ने र नलड्नेबीच लडाई हुँदा पार्टी र विचार बन्न नसक्ने प्रचण्डको भनाई छ । माओवादीमा तत्कालीन एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ समूहमाथि तत्कालीन जनयुद्ध लडेर आएका नेताहरूबाट विभेद भएको आरोप लाग्दै आएको छ । त्यस विषयमा पहिलोपटक प्रचण्डले बैठकमा जनयुद्ध लड्नेले जनयुद्ध नलड्नेलाई विभेद गर्न नहुने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप