राप्रपा नेपालको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव लिङ्देनको राप्रपामा

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0

कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । आज नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् ।


केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरेका थिए । संगठनका अध्यक्ष रजवार कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिना अघि मात्रै विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।