पाठक, कार्की र थापालाई योगमाया नारी स्रष्टा सम्मान
नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर दुई नारी स्रष्टाहरू हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ । नेपाल प्रज्ञा पतिष्ठानको लेखनाथ सभाकक्षमा बुधबार आयोजित सो कार्यक्रममा गङ्गाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका थिए ।
पाठकलाई २०७८ सालको र कार्कीलाई २०७९ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको हो । यसैगरी सोही कार्यक्रममा स्रष्टा समाजले ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गरेको छ । उनी योगमाया स्मृति प्रतिष्ठान, भोजपुरमा अध्यक्ष भई कार्यरत छन् ।
कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले स्वागत मन्तव्य दिएका थिए । त्यसक्रमा उनले प्राडा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वबारे चर्चा गरेका थिए । प्राडा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ पुस्तक प्रकाशित गरेका थिए । साझा प्रकाशनद्वरा प्रकाशित सो पुस्तकको तेस्रो संस्करणसमेत प्रकाशित भइसको छ ।
‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का संस्थापक पवन आलोक र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’का संस्थापक राजेश न्यौपानेले योगमायाले नारी चेतना अभिवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गरेका थिए । समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जानू धितालले गरेकी थिइन् ।
उक्त कार्यक्रममा लेखनाथ भण्डारीद्वारा तयार पारिएको जीवनी र मूल्याङ्कन कृति ‘योगमाया’को विमोचनसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु