बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाठक, कार्की र थापालाई योगमाया नारी स्रष्टा सम्मान

बिहीबार, २३ असार २०७९, १३ : १२
बिहीबार, २३ असार २०७९

नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर दुई नारी स्रष्टाहरू हिरण्यकुमारी पाठक र रुकु कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ । नेपाल प्रज्ञा पतिष्ठानको लेखनाथ सभाकक्षमा बुधबार आयोजित सो कार्यक्रममा गङ्गाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका थिए । 

पाठकलाई २०७८ सालको र कार्कीलाई २०७९ सालको  ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गरिएको हो ।  यसैगरी सोही कार्यक्रममा स्रष्टा समाजले ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ भोजपुरका अध्यक्ष मोहनकुमार बस्नेतलाई प्रदान गरेको छ । उनी योगमाया स्मृति प्रतिष्ठान, भोजपुरमा अध्यक्ष भई कार्यरत छन् ।  

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले स्वागत मन्तव्य दिएका थिए । त्यसक्रमा उनले प्राडा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वबारे चर्चा गरेका थिए । प्राडा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ पुस्तक प्रकाशित गरेका थिए । साझा प्रकाशनद्वरा प्रकाशित सो पुस्तकको तेस्रो संस्करणसमेत प्रकाशित भइसको छ । 

‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का संस्थापक पवन आलोक र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’का संस्थापक राजेश न्यौपानेले योगमायाले नारी चेतना अभिवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गरेका थिए । समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जानू धितालले गरेकी थिइन् । 

उक्त कार्यक्रममा लेखनाथ भण्डारीद्वारा तयार पारिएको जीवनी र मूल्याङ्कन कृति ‘योगमाया’को विमोचनसमेत गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप