बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घातीलाई कारबाही गर्न माओवादीले समिति बनाउने, संघीय चुनावमा हुनसक्ने क्षति रोक्ने

बिहीबार, २३ असार २०७९, १३ : ०९
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रले अन्तर्घातीलाई कारबाही गर्न छानबिन समिति बनाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए ।

उनले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने बताए । उनले दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने बताए । उनका अनुसार मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप