शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण तत्काल नहुने’

बिहीबार, २३ असार २०७९, १२ : ५५
बिहीबार, २३ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए । 

‘एसपीपी नगर्ने भनेर निर्णय भइसकेको छ। तर, अर्को नाममा हुने भनेर फेरि मिडियामा चर्चा चलेको छ।  हिजो मात्रै प्रमसँग भ्रमणबारे के हो भनेर सोधेको थिएँ । एसपीपी नबढाउने भन्ने त भएको थियो । यसमा साँचो कुरा भनिदिनु पर्यो भन्दा कुनै पनि नाममा केही सम्झौता हुँदैन भनेर विश्वास दिलाउनु भएको छ’, प्रचण्डले भने,‘अमेरिका भ्रमण पनि निश्चित छैन । राष्ट्र संघको साधारणसभाका क्रममा हुनसक्छ । तत्काल भ्रमण सम्भव छैन । भ्रमण स्वीकृत छैन भन्ने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप