शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक थान कटुवा पेस्तोलसहित दुईजना पक्राउ

बिहीबार, २३ असार २०७९, १२ : ५३
बिहीबार, २३ असार २०७९

एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाक धम्की दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप