शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युवा शक्तिलाई स्वदेशमा बस्ने आकर्षण सरकारले पैदा गर्न सकेनः श्रममन्त्री कुँवर

बिहीबार, २३ असार २०७९, १२ : ३८
बिहीबार, २३ असार २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगो पनका लागि सामाजिक सुरक्षा कोषको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् । उनले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताए । 

मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्र देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताए । उनले राज्यका नीति, ऐन, कानुनहरूलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने  र उत्पादनमुखि कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताए । 

उनले भने, ‘वैदेशिक रोजगारको आकर्षण छ । यो हाम्रो बाध्यता हो । कुनैपनि दाजुभाई विदेशमा जान चाहँदैनन् । जतिसुकै तलव होस् आफ्नो स्वाभिमान देशमा नै राख्न चाहन्छन् । तर चारैतिर ढोका बन्द भयो भने उसले भेन्टिलेट खोज्छ । भेन्टिलेटरको रुपमा वैदेशिक रोजगारलाई लिएको हो । त्यसैले हामीले स्वरोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ । स्वरोजगारका ठाउँहरु कहाँ छन्, स्वरोजगार प्रवद्र्धन गर्नको लागि र विदेशको आकर्षण गराउनको लागि हामीले देशमै कसरी रोजगारी सिर्जना गर्ने ? त्यसको खोजीमा ध्यान दिनुपर्छ । राज्यका नीति, ऐन, कानुनहरूलाई पनि परिमार्जित गर्दै कसरी सहुलियत दिने स्वदेशमा उत्पादनमुखि कार्यहरु गर्नको लागि ? अहिले किसान संख्या छ । ५० लाख जति हाम्रो युवा शक्ति विदेशमा छ । जग्गा, जमिन बन्जर छन् । हाम्रा पुर्खा त्यहीँ धान फलाएर निर्यात गर्दथे । गहुँ, फलफूल निर्यात गर्थे । तर आज हामी चामल पनि आयात गर्छौं । जब हामी आयातमा मात्र भरपर्ने हुन्छौँ, त्यतिबेला हाम्रो विदेशी मुद्राको सिञ्चिति कसरी ब्यालेन्स होला ? राजश्व कसरी व्यवस्थापन होला ? त्यसैले हामीले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्नुपर्छ । आकर्षण पैदा त्यत्तिकै हुँदैन ? केही दिने बानीपनि बसाल्नुपर्छ । जनता मार्ने गरेर ऐनहरू आउनु हुँदैन ।’

मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताए । उनले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नुपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताए । 

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताए । उनले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप