बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुन र चाँदीसहित एक पुरुष पक्राउ

बिहीबार, २३ असार २०७९, १२ : ३३
बिहीबार, २३ असार २०७९

प्रहरीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित लंकापुरबाट अवैध रूपमा भन्सार छलीको सुन र चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।  भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले दैनिक बुलेटिनमार्फत जनाएको छ ।

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप