शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कतारस्थित दूतावासले नेपालीलाई गर्‍यो यस्तो आग्रह

बिहीबार, २३ असार २०७९, १२ : २३
बिहीबार, २३ असार २०७९

कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । 

‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ वर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरी बन्द सार्वजनिक स्थलमा फेस मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप