सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारलाई सांसदको प्रश्न : चक्रपथबाट बानेश्वरको गाडी भाडा कति हो  ?

बिहीबार, २३ असार २०७९, १३ : ४६
बिहीबार, २३ असार २०७९

राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले सार्वजनिक यातायातले मनपरी भाडा लिएर आफूलगायत सर्वसाधारण ठगिए पनि नियमन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले आफू दैनिक नेपाल यातायात चढेर संसद आउने जाने गरेको भन्दै त्यसरी यात्रा गर्दा मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् । 

उनले पेट्रोलियम पदार्थको मुल्य बढ्दा गाडी भाडा बढ्नु स्वभाविक भएपनि भाडा मनपरी लिने गरेको बताइन् । ‘यहाँ त मनपरी भाडा लिने गरिएको छ । म आफैले भोगेको कुरा भन्छु । म नेपाल यातायात चढेर आउँछु, चक्रपथबाट यहाँ बानेश्वर आउँदा कुनै गाडीले ३० रुपैयाँ लिएको छ, कुनैले २५ रुपैयाँ लिएको छ’, राईको गुनासो छ । 

गाडी भाडा २३ रुपैयाँ हुँदा पनि अनिवार्य २५ तिर्नुपरेको सांसद राईको गुनासो छ ।  ‘चेन्ज छैन भनेर २५ रुपैयाँ अनिवार्य तिराउने । मैले नै एक दिनमा ६ रुपैयाँ बढी तिर्छु भने दैनिक हजारौ यात्रुबाट कति रुपैयाँ असुल हुदैछ ?’, सांसद राईको प्रश्न छ । 

उनले लुट र झुटको खेती कहिलेसम्म फस्टाउन दिने भन्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्न राष्ट्रिय सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै उनले मूल्यबृद्धि आकासिएको र खाद्य बस्तुको गुणस्तर कसले मापन गरेको छ ? भन्दै प्रश्न गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप