सिंघिया खोलामा एक पुरुषको शव भेटियो
बिहीबार, २३ असार २०७९, ११ : १७

मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दा नहर स्थित सिंघिया खोलामा एक जना पुरुषको शव भेटिएको छ ।
आज बिहान नामथर वतन नखुलेको ३५-३६ वर्षीय पुरुषको शब भेटिएको हो ।
प्रहरी चौकी मझारेबाट प्रहरी साहयक निरिक्षकको टोली घटनास्थल पुगेर शवलाई सुरक्षित राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।