शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

बिहीबार, २३ असार २०७९, ११ : ०१
बिहीबार, २३ असार २०७९

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ  । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट  प्रदर्शन मिति घोषणा गरेका हुन् । अव यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् । 

फिल्म ‘के घर के डेरा’ को छायांकन गत सातामात्र सकिएको हो । यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘पर स्त्री’ को रिलिज भने सरेको छ । ‘पर स्त्री’ अव १९ फागुनमा रिलिज हुने समेत कार्यक्रममा जानकार दिइयो ।

कार्यक्रममा ‘पर स्त्री’ की निर्माता शर्मिला पाण्डेले जेठो छोरा दीपेन्द्रको फिल्म ‘के घर के डेरा’ का लागि ‘पर स्त्री’ रिलिज सारिको बताइन् । ‘मैले पहिले कार्तिकमा ‘पर स्त्री’ रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि दीपेन्द्रको ‘के घर के डेरा’ का लागि मिति छाडेको हुँ’ उनले भनिन् । 

‘पर स्त्री’ सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय छ । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप