सिरहामा बाम गठबन्धनका लगन लाल विजयी
आइतबार, २४ मङ्सिर २०७४, ०९ : ०२

सिरहा - बाम गठबन्धन (नेकपा एमाले)का सिरहा क्षेत्र नं १ प्रदेश ‘क’ का प्रदेश सभा सदस्य लगन लाल चौधरी विजयी भएका छन् ।
उनले ११५४० मत ल्याई निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उम्मेदवार संतोष चौधरीले १०६९८ मतमात्र ल्याए ।