क्व्होलासोथारका २१ घर पहिरोको उच्च जोखिममा
![क्व्होलासोथारका २१ घर पहिरोको उच्च जोखिममा](https://rpcdn.ratopati.com/media/albums/lamjung_pahiro_0j2IgRElGU.jpg)
लमजुङको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । ‘दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ,’ उनले भने ।
दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छ कि भन्ने चिन्तामा छन्।
क्व्होलासोथार गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनलाल गुरुङले भने, ‘१५ असारमा ठूलो वर्षापछि पहिरो गएको थियो। सो पश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिंगा बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ ।’
पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च