भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी

मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको सङ्ख्या तीन गुणा बढी छ ।
आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् ।
गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँ सरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्र पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताए ।
भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्म दर्ता भएको छ ।
त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा