आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अप्पर सोलु हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

बिहीबार, २३ असार २०७९, ०९ : ४८
बिहीबार, २३ असार २०७९

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । 

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । 

सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदनदिन सक्नेछन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी सम्पूर्ण  बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूबाट साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप