बाजुराको बूढीगंगामा जारी मतदान शान्तिपूर्ण, एमाले र काँग्रेसबीच प्रतिस्पर्धा
बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान जारी रहेको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।
१० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ ।
गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको आरोप लगाएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।
जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन । बूढीगंगाको मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानीय तह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?