मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री जोनसन भन्छन्-राजीनामा दिन्न

बिहीबार, २३ असार २०७९, ०६ : २९
बिहीबार, २३ असार २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।  

मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् । 

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक संकट चर्किरहेका बेला प्रधानमन्त्री जोनसनले लेभलिङ अप, हाउजिङ तथा कम्युनिटी मन्त्री  माइकल गोभलाई बर्खास्त गरेका छन् । यसअघि गोभले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोह बीच प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेका छन् । ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप