कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।
उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए।
राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए।
आजै राजदूत ढकाललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा राजदूतावासका कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने