डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप
नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।
बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका हुन वरिष्ठता नचाहिने र शक्ति केन्द्रको विश्वास जित्न सके पुग्ने भएपछि सबै प्रतिस्पर्धी हुने नै भए,' स्रोतले भन्यो, 'त्यही भएर आजैदेखि शक्तिकेन्द्रको विश्वास जित्ने र सहज ठाउँमा बस्ने वातावरण बनाउन फुली नलगाउँदै दौडधुप चलेको थियो।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस