बागमतीमा मन्त्री थपिँदै
बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।
आगामी साता मन्त्रिमण्डलमा २ जना राज्यमन्त्री थप गर्ने तयारीमा पाण्डे रहेको स्रोतले बताएको छ । मकवानपुर र सिन्धुलीबाट दुई जनालाई राज्यमन्त्री नियुक्त गर्ने आन्तरिक तयारी भएको हो । स्रोतका अनुसार दुबै जनाराज्यमन्त्रीहरु नेकपा एकीकृत समाजवादीबाट नै हुने छन् । सत्ता गठबन्धनको भागबण्डामा ६/६ महिना मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति तत्काललाई टरेको एक विश्वस्त स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस