पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता
स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्व वडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।
राईका अनुसार दिनको १ः ४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटना लगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए । भोलि बिहान उज्यालो हुने साथ बेपत्ता बालिकाको थप खोजीकार्य जारी राख्ने पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने