राजस्व ऐनको संशोधन प्रस्ताव पारित गर्दै नगर सभाको ५ औँ बैठक सम्पन्न
नगर सभामा पेश भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।
प्रस्तावका विषयमा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राखेका थिए । सभामा आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम पेश भएपछि असार २४ गते यसका विषयमा छलफल हुने गरी आजको बैठक स्थगित भएको छ ।
सभाले महानगरका निर्देशक दिपक अधिकारीलाई न्यायिक समितिको सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ । ११ औँ अधिवेशनको पहिलो बैठक असार ५ गते बसेको थियो । बैठकमा प्रमुख शाहले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव असार ७ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।
असार १० गते सम्पन्न सभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए । यसरी पेश गरिएका विधेयकमध्ये असार १७ गते बसेको चौथो बैठकले आर्थिक विधेयक पारित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन