शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आम निर्वाचन दुई चरणमा गर्न प्रहरीको प्रस्ताव

बुधबार, २२ असार २०७९, २१ : ३४
बुधबार, २२ असार २०७९

प्रहरी प्रधान कार्यालयले आम निर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव गरेको नेपाल प्रहरीका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
बुधवार निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगका पदाधिकारीले  प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेका हुन् ।

आयोगले सो प्रस्ताव गर्नुअघि नै प्रहरी प्रधान कार्यालयले सुरक्षाका कारण दुई चरणमा निर्वाचनको मिति घोषणा गर्न गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समितिलाई सुझाव दिएको थियो । सुरक्षा चुस्त राख्नका लागि दुई चरणमा निर्वाचन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।

२०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो । त्यतिबेला मंसिर १० र २१ मा निर्वाचन भएको थियो । २०७९ वैशाख ३० मा एकै चरणमा स्थानिय तह निर्वाचन सम्पन्न गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप