शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा दौडने क्रममा लडेर ९ जना  प्रशिक्षार्थी प्रहरी बेहोस

बुधबार, २२ असार २०७९, २० : ४९
बुधबार, २२ असार २०७९

नियमित तालिमअन्तर्गत कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराएको थियो ।

अत्याधिक गर्मीका कारण उनीहरु लडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी नम्बर ल्याउन भन्दै दगुरेपछि उनीहरु बेहोस भएका हुन् । बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेटर र प्रशान्त रावतलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । यस्तै दिनेश सुनारको भने अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालका डाक्टर सुमन चौधरीका अनुसार अत्याधिक गर्मीले गर्दा उनीहरुको शरीरमा तापक्रम बढेको र पानीको मात्रा घटेको हुँदा बेहोस भएका हुन् । ‘पानी समेत नदिई चाहिने भन्दा बढी कडा परिश्रम गराउँदा बेहोस भएका हुन्,’ डाक्टर चौधरीले भने,‘लगातार कडा परिश्रम हुनु र बीचबीचमा विश्राम नपाउनुले पनि उनीहरुको यो अवस्था आएको हुनसक्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप