एक अर्ब चिनियाँहरूको व्यक्तिगत सूचना ह्याकरको नियन्त्रणमा
झण्डै एक अर्ब चिनियाँ नागरिकको व्यक्तिगत तथ्यांक रहेको एक विशाल अनलाईन डाटाबेस लिक भएको छ । सो डाटाबेस झण्डै एक वर्षदेखि सबैको पहुँचमा रहेको र एक अज्ञात ह्याकर फोरमले तिनमा रहेको तथ्यांक बेच्न थालेपछि यसमाथि गत साता प्रकाश पर्यो ।
यो लिक इतिहासकै सवैभन्दा ठूलो हुनसक्ने विज्ञले बताएका छन् । यस घटनाले संवेदनशिल व्यक्ति तथ्यांक अनलाईन भण्डारण राख्दाको जोखिममा पनि प्रकाश पारेको छ । लिकआईएक्स नामक साइटले चिनियाँ डाटाबेसमा रहेको कमजोरी पहिचान गरेर बाहिर ल्याएको थियो । लिकआईएक्सका अनुसार यो तथ्यांकहरु कम्तिमा पनि गत अप्रिल २०२१ देखि सार्वजनिक पहुँचमा थियो । तर गत बिहिबारबाट एक अज्ञात प्रयोगकर्ताले यी तथ्याङ्कमाथिको पहुँच बन्द गरेर झण्डै २३ टेराबाइट तथ्यांकहरुको लागि १० बिटकोइन फिरौती मागेको छ । जुन झण्डै २ लाख डलर हुन आउँछ ।
ह्याक गर्ने प्रयोगकर्ताले डाटाबेस सांघाई प्रहरीले संकलन गरेको र यसमा झण्डै एक अर्ब चिनियाँ नागरिकको नाम, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय आईडी नम्बर, उमेर, जन्मस्थान लगायतका संवेदनशिल जानकारी रहेको बताएको छ । तथ्यांकलाई विक्रीमा राखेका प्रयोगकर्ताले असुरक्षित डाटाबेस अलिबाबा क्लाउडले सुरक्षित राखेको दावी गरेका छ, जुन चिनियाँ इकमर्स जायन्ट कम्पनी अलिबाबाको सहायक कम्पनी हो । अलिबाबाले यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
चीनमा १.४ अर्ब जनसंख्या छ । लिक भएको १ अर्ब जनसंख्या देशको झण्डै ७० प्रतिशत जनसंख्याको तथ्यांक हो । ‘एक पटक तथ्यांक बाहिरिसकेपछि ती तथ्यांक मेट्न सकिदैन,’ अष्ट्रेलियास्थित माइक्रोसफ्टका क्षेत्रीय निर्देशक टोरी हन्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त