नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई पक्राउ
यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ नगरपालिका–२ स्थित शङ्कर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको हो ।
शङ्कर पोलिक्लिनिकमा सेवाग्राही चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थितिमै स्वास्थ्य परीक्षणसम्बन्धी जानकारी नभएको व्यवस्थापन सङ्काय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाइएकाले उक्त कार्यमा संलग्न धादिङ जिल्ला धादिङबेँसीमा नगरपालिका–५ बस्ने वर्ष २७ का राम अर्याल र जिल्ला नवलपरासी पूर्व (नवलपुर) कावासोती नपा–९ बस्ने वर्ष २१ का गणेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
पोलिक्लिनिकको अवलोकन गर्दा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्रलगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसुरमा नियन्त्रणमा लिई सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी