सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

बुधबार, २२ असार २०७९, १८ : १०
बुधबार, २२ असार २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल  मिश्राले बुधबार आयोजित प्रेस ब्रिफिङमा जङ्गली च्याउ विषालु हुने भएकाले नखान आग्रह गरेकी हुन् ।

 बर्खायाममा जङ्गलहरूमा पाइने च्याउहरू विषालु हुने भएकाले खान नहुने उनको भनाइ छ । जङ्गलको विषालु च्याउ खाँदा गम्भीर बिरामी पर्नुका साथै ज्यानै जान सक्ने भएकाले खान नमिल्ने उनले बताइन् । जङ्गली च्याउ पकाएर, पोलेर खाँदा विष कम नहुने हुँदा नखान उनको सुझाव छ । जंगली च्याउन खाएर विभिन्न स्थानमा सर्वसाधारण बिरामीदेखि मृत्यु हुने सम्मका घटना हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप