बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

औषधि लिमिटेडले सञ्चालनमा ल्यायो हेमोडाइलाइसिस उपकरण

बुधबार, २२ असार २०७९, १७ : ५८
बुधबार, २२ असार २०७९

नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रममा तीन वटै सेवाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन् ।

उनले नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मन्त्री बडूले मृतप्रायः अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुर्नजीवन दिन पूर्वमन्त्री नविन्द्रराज जोशीले खेलेको भूमिकाको स्मरण गर्नुहुँदै थप औषधि उत्पादनका लागि आफू छलफलमै रहेको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन अभिबृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेकोले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुरुप सरकारले काम गरिरहेको बताए ।

हेमोडाइलाइसिस उपकरणबाट हेमोडाइलाइसिसको उपचार लिनुपर्ने बिरामीहरुका लागि चाहिने औषधीको नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उत्पादन हुने लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले जानकारी दिए । उनले यस उपकरणबाट उत्पादनको तयारी पूरा भएको र अब दैनिक ८०० देखि १६०० युनिटसम्म म्ष्बथिकबतभ उत्पादन गर्न सकिने बताए ।

त्यसैगरी पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ । विगतमा यस्तो प्रणाली नभएकाले नेपाल औषधि लिमिटेडले कुशल उत्पादन अभ्यासको प्रमाण पत्र पाउन नसकि औषधि उत्पादन समेत प्रभावित भएकोमा अब यस प्रणालीमार्फत प्रतिघण्टा १००० लिटर शुद्ध पानी उपलब्ध हुने र यसले औषधि लिमिटेडबाट उत्पादन हुने हेमोडाइलाइसिस र अन्य औषधिहरुको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप