बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती पर्यटक नेपाल पठाउने पहलमा लन्डन दूतावास

बुधबार, २२ असार २०७९, २२ : ०८
बुधबार, २२ असार २०७९

नेपाली दूतावास लण्डनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार साँझ एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कोभिड महामारीपछि दूतावासद्वारा पर्यटन प्रवर्द्धनका लागि गरिएको यो नै पहिलो प्रत्यक्ष कार्यक्रम हो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर लक्ष्मण गौतम पनि भर्चुअल माध्यमबाट जोडिएका थिए । उनले भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथि सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवा सुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या अन्य देशको तुलनामा अग्रपंक्तिमा रहेको बताउँदै स्लाइड शो प्रस्तुत गरेका थिए ।

नेपालको अर्थतन्त्र उकास्न पर्यटनका सम्भावनाबारे आयोजित कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । नेपाल प्राकृतिक सौन्दर्यले भरिएको र नेपालको पर्यटन क्षेत्र मौलाउने क्रममा रहेको हुँदा विदेशी पर्यटकलाई स्वागत गर्न नेपाल आतुर रहेको आचार्यले बताए ।

यसैगरी भर्चुअल रुपमै सहभागी नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले नेपालको पर्यटकीय आकर्षणबारे अवगत गराउंदै नेपाल पर्यटकका लागि विश्वमै उत्कृष्ट गन्तव्य रहेको बताए ।

बीबीसी मास्टर सेफ द प्रोफेशनल्सका फाइनलिष्ट सेफ सन्तोष शाहले  नेपाली खाना विश्वमै उत्कृष्ट रहेको बताए । नेपाली खानको तुलनामा अन्य कुनै मुलुकको खाना नभएकोले नेपाली खानालाई विश्वमा चिनाउने उद्देश्यले आफू अघि बढिरहेको शाहले बताए ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, लेखक तथा पत्रकार जो बाइन्डलस, ट्राभल कन्सोलका सञ्चालक बिराज भट्ट, एओल एड्भेन्चरका अपरेसन्स् म्यानेजर ड्यान राइट लगायतले नेपालको पर्यटन विशेषता औंल्याउंदै नेपाल भ्रमण गर्न बेलायतीलाई प्रेरित गरेका थिए ।

कार्यक्रममा सयपत्री कल्चरल ग्रुप आवद्ध किशोरीहरुले मौलिक नेपाली नाच प्रस्तुत गरेका थिए भने सयपत्री अध्यक्ष डम्बरसिंह प्रयासले सारंगीको धुन सुनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप