अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह
![अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह](https://rpcdn.ratopati.com/media/albums/devendra_paudel_HWfzSZnZ6J.jpg)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धता बमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वर्द्धन गर्नेगरी काम गर्न युनेस्को नेपाललाई आग्रह गरेका छन् ।
युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धताबमोजिम युनेस्को पनि काम गर्नुपर्ने बताएका हुन् ।
युनेस्को आयोगले स्वतःस्फूर्तरुपमा हुने अनुसन्धानमूलक र वैज्ञानिक कार्यलाई प्रोत्साहन गर्नेगरी अन्तर्राष्ट्रिय दातासँग सहकार्य पनि आग्रह गरे । मन्त्री पौडेलले सोच, लक्ष्य, गन्तव्य र स्पष्ट रणनीतिसहित व्यापक र व्यावहारिक हुनेगरी कार्यक्रम गर्न सघाउ पुग्नेगरी आयोगको विधान परिमार्जन गर्न पनि सुझाव दिए ।
आयोगका महासचिव एवं मन्त्रालयका सचिवलगायत उच्च अधिकारी र विज्ञ सहभागी बैठकमा आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले प्रगति प्रतिवेदन पेश गरेका थिए । डा अधिकारीले आगामी आर्थिक वर्षमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को काठमाडौं, स्थानीय सरकार र सम्बन्धित विषयमा कार्य गरिरहेका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय र आर्थिक, भौतिक र प्राविधिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण विषयक राष्ट्रिय सम्मेलन र बृहत् प्रदर्शनी कार्यक्रम आयोजना गरिने र राष्ट्रिय संस्कृति नीति परिमार्जनमा सक्रिय भूमिका निभाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने