मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

शर्मा निर्दोष साबित हुनुहुन्छ, फेरि मन्त्रालयमा फर्किनुहुन्छ : पुन

बुधबार, २२ असार २०७९, २२ : ३०
बुधबार, २२ असार २०७९

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् ।

उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि  अर्थमन्त्री  शर्माले बुधबार  पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् ।  अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप