धवनको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध भारतीय टिम घोषणा
बुधबार, २२ असार २०७९, १७ : १७
वेष्ट इन्डिजविरुद्ध हुने एकदिवसीय (ओडीआई) श्रृंखलाका लागि भारतीय क्रिकेट टिम घोषणा भएको छ । अल इन्डिया सिनियर सेलेक्सन कमिटीले तीन एकदिवसीय खेलका लागि शिखर धवनको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
ट्रिनीडाडमा हुने खेलका लागि रविन्द्र जडेजालाई उपकप्तानीको जिम्मेवारी दिएको छ । भारतले २२, २४ र २७ जुलाईमा तीन खेल खेल्नेछ । हालै, भारतले इंग्ल्यान्डविरुद्धको टेष्ट श्रृंखला गुमाएको थियो ।
भारतीय टिम :
शिखर धवन (कप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक होडा, श्रेयस एयर, सूर्यकुमार यादव, इशान किशन (विकेट किपर), सन्जु सामसन (विकेट किपर), रविन्द्र जडेजा (उपकप्तान), युजभेन्द्र चाहल, सार्दुल ठाकुर, अक्षर पटेल, आवेश खान,प्रसिद्ध कृष्णा,मोहम्मद सिराज र अर्शदिप सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु