शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च

बुधबार, २२ असार २०७९, १७ : १७
बुधबार, २२ असार २०७९

निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । 

बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । 

गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप