बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर बालेनसँग मागे जनप्रतिनिधिले लोगो

बुधबार, २२ असार २०७९, १७ : १३
बुधबार, २२ असार २०७९

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मेयर बालेन्द्र साह (बालेन) सँग लोगो माग गरेका छन् । बुधबार जारी महानगरको ११ औं नगरसभामा बोल्दै वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलले मेयर साहसँग लोगो माग गरेका हुन् । 

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको चिनारीका लागि कुनै चिन्ह पहिचान नभएको भन्दै सदस्य ढुंगेलले छुट्टै लोगो माग गरेका हुन् । यसअघि मंगलबार बसेको महानगरको नगरपालिका बैठकमा समेत जनप्रतिनिधिहरुले महानगरको पहिचानसहित छुट्टै पोसाक वा लोगो हुनुपर्ने माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप