आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

के गायिका मधुले विवाह गरेकी हुन् ?

बुधबार, २२ असार २०७९, १७ : १०
बुधबार, २२ असार २०७९

‘सोचे झैं जिन्दगी रैनछ’ करिब दुई वर्ष अगाडि सार्वजनिक गीत हो । यो गीत अहिले पनि धेरै सुनिन गरिन्छ । यसै गीतका गायिका मधु क्षेत्रीले विवाह गरेको चर्चा सांगीतिक क्षेत्रमा छ ।

उनले अष्ट्रेलियामा बसोबास गर्ने सुरेश खड्कासँग विवाह गरेकी हुन् । जुन उनले सामाजिक संजाल टिकटकबाट सार्वजनिक गरेको केही भिडियोबाट अनुमान लगाउन सकिन्छ । उनले टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट परिवर्तन गरेर मधु सुरेश राखेकी छन् । एक भिडियोमा आफूले भगवान जस्तै श्रीमान् पाएको समेत बताएकी छन् ।

मधुको यो दोस्रो विवाह हो । पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी उनको १७ वर्षीया एक छोरी छन् । बाल्यकालदेखि नै गायनमा होमिएकी क्षेत्री ठाडीभाका, देउडा, लोक तथा तीजका गीत गाउँदै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप