शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो

बुधबार, २२ असार २०७९, १९ : ००
बुधबार, २२ असार २०७९

काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै  चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ ।

भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए ।  काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको  छ । हैजा तथा झाडापखालाबाट बच्चाका लागि पानी उमालेर तथा क्लोरिन झोल राखेर शुद्धीकरण गरिएको पानी मात्रै पिउन डा.दासले आग्रह गरेका छन् । सडेगलेको बासी, झिँगा भन्केका नखान उनको आग्रह छ ।  खानेकुरालाई राम्रोसँग पकाएर फलफूलहरूलाई राम्रोसँग शुद्ध पानीले पखालेर खान उनको उनको सुझाव छ ।

डा.दासका अनुसार विभिन्न स्थानहरूमा पानीको नमुना सङ्कलन तथा परीक्षण बुथ निरन्तर निगरानीलाई निरन्तरता दिइएको बताए । यस्तै, विद्यालय र जोखिममा रहेका समुदायमा सचेतनामूलक अभियान सञ्चालन भइरहेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप