बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि

बुधबार, २२ असार २०७९, १६ : ४६
बुधबार, २२ असार २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जनामा कोरोनाभाइरसको बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको छ । बीए.५ ओमिक्रोन भेरियन्टको सब भेरियन्ट हो ।

मन्त्रालयका अनुसार हरेक दुई हप्तामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङको व्यवस्था गरिएको छ । मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको थियो ।

बाँकी २८ वटामा बीए.२ र दुईवटा बीए.१ सब भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयले बीए.२ र बीए.१ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै  बीए.५ सब भेरियन्ट सक्रिय बनेको जानकारी दिएको छ । यो सब भेरियन्ट अझ बढी सङ्क्रामक रहेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ ।

पछिल्लो २४ घण्टामा ११३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप