नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।
सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् । पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंङ्गापुर, थाइल्याण्ड, युनाइटेड अबर इमिरेट्स र भियतनामबाट राइस कुकर आयात गरेको छ ।
नेपालमा सबैभन्दा बढी राइस कुकुर चीन, भारत र दक्षिण कोरियाबाट आउने गरेको छ । उक्त अवधिमा चीनबाट ४६ करोड २६ लाख ६८ हजार रुपैयाँ, भारतबाट २ करोड ६५ लाख ४९ हजार रुपैयाँ र कोरियाबाट १ करोड ३५ लाख ४२ हजार रुपैयाँको राइस कुकर आएको छ । अघिल्लो आर्थिक २०७७/७८ मा १८ देशबाट नेपालमा ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन