शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विप्लवको निर्देशन - नयाँ हतियार बोकेर दलाल पूँजीवादीलाई फाँड्नुपर्छ

बुधबार, २२ असार २०७९, १५ : ५५
बुधबार, २२ असार २०७९

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले चार महिनापछि हुने नवौं महाधिवेशनबाट हतियार बोकेर दलाल पूँजीवादीलाई फाँड्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले अवको चार महिना महाधिवेशनमा केन्द्रीत भएर जनताको घरघर गएर जनतासँग सहयोग र सुझाव माग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । 

‘अव हाम्रो संगठनको पुरै ध्यान महाधिवेशनमा केन्द्रीत हुँदैछ । हामी देशभरी तलतल सम्म जाने हो । टोलटोलमा पुग्ने हो । जनतालाई अपिल गर्ने हो, नमस्कार गर्ने हो, सलाम गर्ने हो, घरघरमा जाने हो र सुझाव दिनुस् भन्ने हो’, विप्लवले भने, ‘देशको पक्षमा लड्ने कुरामा सुझाव माग्ने कुरा हो । हामीले ठुलो चन्दा माग्नुहुँदैन तर जनतालाई हाम्रो आन्दोलनमा सहभागी गराउनुपर्छ ।’ उनले क्रिश्चियन पर्चा बोकेर घरघरमा जाने गरेको भन्दै आफूहरु पनि एकीकृत जनक्रान्तिको पक्षमा लड्न कोठा-कोठामा जानुपर्ने र सात दिनसम्म चल्ने उक्त महाधिवेशनमार्फत नीति बनाएर नयाँ हतियारका साथ अघि बढ्नुपर्ने बताए । 

‘चार महिनापछि हामी खुल्ला मञ्चमा जानुपर्छ । ऐतिहासिक नवौं ऐतिहासिक महाधिवेशन उद्घाटन गर्नुपर्छ, सात दिनसम्म चलाउनुपर्छ नयाँ नीति बनाउनुपर्छ, विचार बनाउनुपर्छ र नवौं महाधिवेशनबाट नयाँ हतियारहरु बोकेर दलाल पूँजिवादीहरुलाई फाँड्दै हिँड्नेगरी लाग्नुपर्छ’, विप्लवको भनाइ छ । उनले भोकैनाङ्गै पनि हिँड्न सक्नुपर्ने भन्दै त्यसैका लागि आफूले २ बिगाहा जमिनमा धान रोपेर फर्केको बताए । उनले एमसीसी र एसपीपीमा कतैपनि सम्झौता गर्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप