मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे

बुधबार, २२ असार २०७९, १५ : ४३
बुधबार, २२ असार २०७९

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

 यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालय स्रोतका अनुसार ११३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप