मौद्रिक नीतिबाट शेयर कर्जा नियन्त्रण नगर्न स्टक ब्रोकर एशोसिएशनको आग्रह

स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले शेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्न नहुने बताएका हुन् ।
अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताए । उनले आगामी मौद्रिक नीतिमा शेयर कर्जामा ४÷१२ को क्यापलाई हटाउनुपर्ने बताए । अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दा पनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताए ।
उनले भने,‘ हामीले विदेशी लगानीलाई शेयर बजारमा प्रवेश नदिएको कारण शेयर बजारमा धक्का लाग्छ जस्तो लाग्दैन । शेयरमा जाने कर्जालाई राष्ट्र बैंकले सीमा राखेर कडाइ गर्नुपर्छ भन्ने छैन । हामीले जहिले पनि वान साइडबाट मात्रै हेरेका छौँ । शेयर बजार यस्तो ठाउँ हो जसमा बायरले पैसा तिर्छ भने सेलरले आज नै पाउँछ । पैसा कहीँ पनि अड्किँदैन । बायरले ऋण लिएर शेयर किन्यो भने शेयर किनेको पैसा सेलरले पाउने हो । केही सरकारले करको रुपमा पाउने हो । कसैले ऋण लिएर सरकारलाई कर तिर्छ भने त्यसले बिगार्छ जस्तो लाग्दैन ।’
‘कसैले ऋण दिएर शेयर किन्दा बेच्ने मान्छेले शेयर बेचेर उद्योगमा लगानी गर्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्दैन । यो वर्ष कुनै एउटा संस्थालाई हेरेर कर्जा नियन्त्रण नीति नल्याएको भए राम्रो गर्ने थियो । राष्ट्र बैंकले कसैले अर्बौं ऋण लियो । बजारमा चलखेल गर्यो । बैंकले यस्तो चलखेललाई नियन्त्रण गर्नुपर्ने थियो । वित्तीय संस्थाहरूले शेयर किनेर चलखेल भयो भन्ने भयो हामीले सबैलाई शेयर किन्न बन्द गरौँ । नराम्रो के गरेको छ भने उत्पादन क्षेत्रलाई प्राथमिकता दिने भनेका छौँ । उत्पादनशील क्षेत्रलाई क्यापिटलको खाँचो छ,’ उनले भने, ‘हामीले बुक बिल्डिङमार्फत उत्पादन क्षेत्रलाई बजारमा ल्याउन थालेका छौँ । बजारमा कम्पनी ल्याउने तर किन्ने को हो ? हाम्रोमा बायरको एकदमै सर्टेज छ । त्यसको ठूलो वायर बैंक तथा वित्तीय संस्थाहरू हुने थिए । तर हामीले घुमाउरो पारले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर किन्न रोक लगाएका छौँ । त्यस कारण अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्न ।’
शेयर लगानीकर्ताको सम्पत्तिलाई रोकेर लगानीकर्तालाई वर्षौसम्म प्यानिक बनाउने काम भएको उनको गुनासो थियो । अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिए । उनले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार