शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

बुधबार, २२ असार २०७९, १९ : ००
बुधबार, २२ असार २०७९

राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् । 

बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिन पुगेको रातोपाटीलाई बताए । तर, बेलाबेलामा समस्या आउन सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ ।

चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन । यसअघि पनि यस्ता घटना पटक पटक बाहिर आउने गरेका थियो । यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रागिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप