बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यौन हिंसा गरेर फुत्किउँला भनेर कसैले नसोचे हुन्छ :  सिंह

बुधबार, २२ असार २०७९, १४ : ०३
बुधबार, २२ असार २०७९

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले यौन हिंसा गरेर कोही फुत्किन नसक्ने बताएकी छन् । बुधबार संघले आयोजना गरेको ‘यौन दुव्र्यवहार विरुद्ध जनचेतना अभियान’  कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले क्षणिक आवेगले जीवनभर जेल पुर्याउने भन्दै पीडकलाई सचेत हुन आग्रह गरेकी गरिन् ।

उनले भनिन्, ‘हिंसामा संलग्न हुनेहरुले फुत्किहाल्छौ भन्ने भ्रम नपाल्दा हुन्छ ।’ पीडितलाई नै औँला उठाउने समाज छ तर पीडकलाई सामाजिक बहिष्कार नगर्दासम्म यौन हिंसा न्युनिकरण नहुने पनि उनले तर्क गरिन् । यौन हिंसा पीडित नभई अब पीडक सुध्रनुपर्ने उनको भनाइ थियो ।

उनले समाजमा शिक्षित मानिसहरुबाट पनि यस्ताखाले हिंसा भएका हुँदा अब सचेत हुने पालो पीडकको रहेको बताइन् । यस अभियान मार्फत आफूहरुले क्षणिक हिंसामा जाँदा आफ्नै पनि जीवन बर्बाद हुन्छ भनेर सचेत गराउन खोजिएको उनको भनाई थियो ।

उनले यस अभियान अन्तर्गत सबैभन्दा असुरक्षित हुने सार्वजनिक बस, विद्यालय र होटल तथा विभिन्न संघसंस्थामा पम्लेट टाँसेर सचेत गर्ने कार्यक्रम रहेको जानकारी दिइन्। साथै, उनले यौन हिंसाको विषयमा सचेत गराउँदै लैजाने उद्धेश्यले कक्षा ४ देखि १० सम्म बाल मनोवैज्ञानिक सचेतना कथाहरु समावेश गर्न शिक्षा मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी समेत दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप