लिबियाको समुद्री तटमा डुङ्गा दुर्घटना : मालीका २२ आप्रवासीको निधन
लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ ।
उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो । केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ ।
यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरु र अन्य देशका पनि कतिपय नागरिकहरुको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ । यसक्रममा भएका दुर्घटनाहरुमा उनीहरुको ज्यान जाने गरेको छ । यही सामुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने