पाकिस्तानमा बाढी र पहिरो : २५ जनाको मृत्यु
पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।
साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पु¥याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्याएको छ ।
बलुचिस्तानमा प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ । –––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार